नियम
लिखतको गोपनीयता हुने
ऐनको दफा ११ को उपदफा (२) मा उल्लिखित लिखतहरुको अतिरिक्त देहायका लिखतहरु सम्बन्धित व्यक्तिको वैयक्तिक लिखत मानिनेछनः-

(क) जन्म दर्ता प्रमाणपत्र;

(ख) विवाह दर्ता प्रमाणपत्र,

(ग) राष्ट्रिय परिचय पत्र र सोसँग सम्बन्धित अन्य कागजात,

(घ) प्रवेशाज्ञा (भिषा),

(ङ) नाता प्रमाणित वा सो सम्बन्धी कागजात,

(च) धर्मपुत्र धर्मपुत्री सम्बन्धी प्रमाणपत्र,

(छ) सम्बन्ध बिच्छेद भएको कागजात,

(ज) बीमासँग सम्बन्धित कागजात,

(झ) नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, निवृत्तभरण कोष वा यस्तै कोषमा रहेको विवरण,

(ज) स्बास्थ्य परीक्षण सम्बन्धी बिवरण,

(ट) हस्ताक्षर वा विद्युतीय हस्ताक्षर,

(ठ) विद्युतीय सूचना र वैयक्तिक तथ्याङ्क सम्बन्धी विवरण,

(ड) चालचलन बा चरित्र सम्बन्धी प्रमाणपत्र, (ढ) वैयक्तिक सूचनासँग सम्बन्धित अन्य लिखत ।